आज :

मापसे गरी ट्याक्सी चलाउने चालकलाई अभद्र व्यवहारमा मुद्धा, ५ दिन म्याद थप

  • अनलाइन डबली

काठमाडाैँ । ट्राफिक प्रहरीको नियमित रात्रिकालिन चेकीङको क्रममा मादक पदार्थ सेवन गरी ट्याक्सी चलाउँदै गरेका १ जना चालकलाई नियन्त्रणमा लिई अभद्र व्यवहारमा मुद्धा चलाएको छ ।

काठमाडौँको ठमेल स्थित पकनाजोलमा बुधबार राति भएको चेकिङमा बा १ ज ६९ ५६ नम्बरको भाडाको ट्याक्सीका चालक गोर्खाको भिमसेनथापा गाँउपालिका २ घर भई हाल काठमाडौको नयाँबजार खुसिबु बस्दै आएका २५ बर्षका गोकर्ण लामिछानेलाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

लामिछानेलाई जिल्ला प्रशासन कार्यालय बबरमहलबाट अभद्र व्यबहार मुद्धामा दिन ५ (पाँच) म्याद थप अनुमती लिइ प्रहरी वृत्त लैनचौरमा राखेर अनुसन्धान शुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

रमाइलो वा चिसोको बहानामा पिएको नशालु पदार्थले मस्तिष्कको सोचाई क्षमतामा ह्रास आउने र सवारी साधनको रफ्तार समेत आंकलन गर्न नसक्ने हुँदा गम्भीर सवारी दुर्घटना हुने जोखिमलाई नकार्न नसकिने भएकाले सम्भावित दुर्घटना रोकथामका लागी मा.प.से चेकजाँचलाई ट्राफिक प्रहरीले तिव्रता दिईएको समेत उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal