आज :

नेपाल टी–२० लिगमा पोखराको लगातार पाँचौं हार

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिग क्रिकेटमा पोखरा एभेन्जर्समाथि ८ विकेटको जित रचेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । टिमलाई जित दिलाउन तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहितले ७१ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर अर्जुन साउद पहिलो बलमै आउट भएपछि धर्मराएको विराटनगरको ब्याटिङ रोहितले अर्का ओपनर गौरान्सु शर्मासँग मिलेर संहालेका थिए । यी दुईले ७८ रनको साझेदारी गरे ।

गौरान्सु ३३ रन बनाएर आउट भएपछि आएका हुसेन तलातसँग मिलेर रोहितले तेस्रो विकेटका लागि ६० रनको अविजित साझेदारी गरे । हुसेन २८ रनमा अविजित रहे ।

बलिङमा विराटनगरका आन्द्रे म्याकर्थीले ३ विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal