आज :

६ वटा अस्पताललाई ज्योति विकास बैंकले दियो बेबी वार्मर

  • पवित्रा दाहाल

काठमाडौं । ज्योति विकास बैंकले ६ वटा अस्पताललाई बेबी वार्मर दिएको छ ।

बैंकले मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको बेबी वार्मर प्रदान गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो ।

बाराको फेटा स्वास्थ्यचौकी, चितवनको खैरहनी नगर अस्पताल र बघौडा अस्पताल, रुपन्देहीको हर्नैया स्वास्थ्यचौकी, दाङको सिसहनिया स्वास्थ्यचौकी र कञ्चनपुरको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको बैंकले जनाएको छ ।

सम्बन्धित अस्पतालमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीले उक्त अस्पतालका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिमा बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ ।

उक्त अस्पतालमा डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal