आज :

गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तार र राप्रपाको मागबारे छलफल

  • अनलाइन डबली

काठमाडौं । गठबन्धनको बैठक सुरु भएको छ । विहान ९ बजेको लागि बैठक बोलाइएको बैठक केही ढिलो गरी बैठक सुरु भएको छ ।

आजको बैठकमा मन्त्रिमण्डल विस्तार, राप्रपाले अगाडि सारेका माग र सरकारका कामकारवाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुने बताइएको छ ।

हिजो मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच लामो छलफल भएको थियो । त्यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रचण्डले छुटाछुट्टै भेट गरेका थिए ।

सरकारलाई समर्थन गरेर बाहिर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्डले छलफल तथा भेटवार्तालाई तीब्र पारेका छन् ।

राप्रपाले पृथ्वीजयन्तीमा सार्वजनिक बिदालगायतका सर्त राख्दै सरकारमा जाने निर्णय गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय गर्दै कारागारमा रहेका नेता रेशम चौधरीको रिहाईबारे सरकारको धारणा मागेको छ ।

उता जसपाले सरकारमा जाने बताएपनि औपचारिक निर्णय भने गरिसकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal