
काठमाडौं । आज पश्चिम र पूर्वी नेपालमा मौसम बदली हुने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।
मौसमविद् वरुण पौडेलका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने र तराईका धेरै जिल्लामा बाक्लो हुस्सु तथा कुहिरो लाग्नेछ ।
विहान काठमाण्डौ उपत्यकामा हुस्सु लागेपनि विस्तारै दिउँसोसम्म खुल्ने बताइएको छ । तर, तराईका धेरैजसो जिल्लामा भने दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने मौसमविद् पौडेल बताउँछन् ।
मध्य पुससँगै तराईका धेरै जिल्लामा लगातार हुस्सु कुहिरोले जनजीवन प्रभावित भएको छ । घर बाहिर हिँडडुल गर्न समेत मुस्किल पर्न थालेको छ । चिसोबाट बालबालिका र वृद्धवृद्धालाई बचाउन स्वास्थ्यकर्मी बताउँछन् ।