आज :

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३.४ र जुम्लाको माइनस ६.५ डिग्रीमा झर्‍यो

  • अनलाइन डबली

काठमाडौं । मौसम सामान्य बदलीसँगै देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । काठमाडौंको तापक्रम दिनदिनै घटिरहेको छ ।

काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जबकी मंगलबार ४ दशमलव ४ डिग्री सेल्सियस रहेको थियो ।

मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै गइरहेको छ । विरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस छ ।

सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ६ दशमलव ५ डिग्री सेल्सियस छ । यस्तै, ताप्लेजुङको ३ दशमलव ५, लुम्लेको ४, डडेल्धुराको ४ दशमलव ४ डिग्री सेल्सियस छ । जिरीको न्यूनतम तापक्रम माइनस १ दशमलव ८, जोमसोमको माइनस ५ रहेको छ ।

आज विहानै पहाडीसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । पहाडी क्षेत्रको कुहिरो हटेर घाम लाग्ने सम्भावना छ तर तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानांगलेका अनुसार प्रदेश १ को पहाडी क्षेत्रको मौमस आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal