आज :

गृहमन्त्री वर्षमान पुन बन्ने !

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा सत्ता साझेदार दलबाट मन्त्री बनाउने तयारी थालेका छन् । नेकपा एमालेले अर्थसहित चार मन्त्रालय पाउने टुंगो लागेको छ भने अन्य दलहरुले पाउने मन्त्रालयको टुंगो लाग्न बाँकी छ । एमालेले अर्थबाहेक अरु कुनकुन मन्त्रालय पाउने भन्नेमा अझै निर्णय हुन सकेको छैन ।

गृहमन्त्रीमा रवि लामिछानेले दाबी गरेका छन् । तर, उनको दाबी स्वाभिवक भएपनि सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले नै गृह राख्ने एक नेताले बताए ।

“रविजीको दाबी ठिकै छ तर प्रधानमन्त्रीलाई प्रशासन चलाउन पनि गृह आवश्यक हुन्छ । अहिलेसम्म गृह अरुलाई दिनेबारे प्रधानमन्त्रीले सोच्नु भएको छैन” माओवादीका एक नेताले भने ।

माओवादीबाट गृहमन्त्रीमा वर्षमान पुनको चर्चा पनि सुरु भएको छ । यो समिकरण बन्नुमा पुनले पनि पहल गरेको बताइन्छ । त्यस्तै, अर्का नेता शक्तिबहादुर बस्नेतले पनि गृहको दाबी गरेका छन् । स्राेतका अनुसार प्रधानमन्त्रीले अरूलाइ गृह नदिएकाे खण्डमा बढी सम्भावना पुनकै रहेकाे छ ।

जनमुक्ति सेनाका पूर्व कमाण्डर रहेका पुनले गृहमन्त्री हुने चाहना पहिलेबाटै राखेकाे बताइन्छ । उनले अघिल्लाे सरकार गठनकाे बेला पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग कुरा राखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal