आज :

५ महिना २८ दिनमा कुँवरले श्रमिककाे पक्षमा उल्लेखनिय ५३ काम

  • अनलाइन डबली

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयल समालेको ६ महिना पुग्न ३ दिन बाँकी रहँदा मन्त्री शेरबहादुर कुँवरले बिदाई भए । उनले असार १३ गते मन्त्रालयको जिम्मेवारी समालेका थिए ।

नयाँ सरकार बनेसँगै आज मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गरेका छन् । मन्त्री कुँवरले आन्तरिक रोजगारी सिर्जनादेखि निःशुल्क भिसा र टिकटमा श्रमिकलाई विदेश पठाउनेलगायत ५३ वटा कामको विवरण सार्वजनिक गरेका छन् ।

जसमा मन्त्रालयको दैनिक कार्यसम्पादनदेखि विभिन्न स्तरमा श्रम गन्तव्य देशसँग भएको बैठकका उपलब्धि समेत समेटिएका छन् । रोजगारी सम्बन्धी कार्यक्रमहरुको एकीकृत तथ्यांक व्यवस्थापनका लागि राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस गरिएको कुँवरले जानकारी दिए ।

श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थल र सञ्चालनका लागि जग्गाको पहिचान भएको र श्रमिक अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य भइरहेको सार्वजनिक गरिएको प्रगति विवरणमा उल्लेख छ ।

बेलायतमा स्वास्थ्य जनशक्ति लैजाने सम्बन्धमा समझदारी भएर प्रोटकोल स्वीकृतिको चरणमा रहेको भन्दै मन्त्री कुँवरले इजरायलमा थप कृषि–कामदार पठाउन आवश्यक अध्ययन गरी सो सम्बन्धी कार्यान्वयन कार्ययोजना तर्जुमा गर्नका लागि कार्यदल गठन भएर काम भइरहेको बताए ।

पूर्ण रुपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको सन्दर्भमा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक्षा, हक हितलाई ध्यानमा राखी बैदेशिक रोजगारीलाई व्यवस्थित गर्न प्रयास गरेकाे कुँवरले बताए ।

यस्ता व्यवस्थाको कार्यान्वयनबाट सबै श्रमिकहरुलाई सामजिक सुरक्षाको प्रत्याभूति प्रदान हुने र समग्र देशको अर्थ व्यवस्था सुधार भई मुलुकको विकास र श्रमिक वर्गको आर्थिक अवस्थामा थप टेवा पुग्ने मन्त्री कुँवरको विश्वास छ ।

नेपालको श्रम प्रशासनलाई चुस्त दुरूस्त र प्रभावकारी बनाउन थप कार्ययोजना बनाई अघि बढाएको बताउँदै कुँवरले संघीय संरचना अनुरुप श्रम प्रशासनको प्रभावकारी कार्यान्वयन गर्ने गरी सबै श्रम तथा रोजगार कार्यालयहरुबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्यको थालनी भएको बताए ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal