
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अधयक्ष प्रचण्डको अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकले पार्टीबाट नयाँ मन्त्रीबारे पनि निर्णय लिने भएको छ । प्रचण्डले पहिलो चरणमा एक दुई जना पार्टीबाट मन्त्री लिन चाहेको छन् । नेकपा एमालेले पनि एक दुई जनाको नाम पठाउन लागेको छ ।
खासगरी अर्थ र गृह मन्त्रालय माओवादी र एमालेले दाबी गरेका छन् । तर माओवादी नेताहरुले अर्थतन्त्री लयमा फर्किन लागेको बताउँदै अर्थ आफैसँग राख्नुपर्ने सुझाव दिएका छन् ।
त्यसैगरी सरकारका काम कारवाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे पनि छलफल हुनेछ ।