आज :

सुकुम्बासी बस्ती हटाउने महानगरको प्रयासमा नेवा : समुदायको समर्थन ,आ-आफ्नो थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने माग

  • अनलाइन डबली

काठमाडौं ।  नेवार समुदायले काठमाडौँ भित्र रहेका सबै किसिमका अनधिकृत बस्ती हटाउने काठमाडौं महानगरपालिकाको प्रयासलाइ   समर्थन गरेको छ । समुदायका १५ विभिन्न समाज , संघले  आज एक पत्रकार भेटघाट कार्येक्रम गरि बागमती तथा बिष्णुमति नदि किनारका सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

काठमाडौंको सांस्कृतिक पहिचानमाथि वाग्मती नदी किनारास्थित अनधिकृत बस्तीले जटिल अवस्थामा पुर्याउदै सभ्यता मेटिने चुनौती थपेको विभिन्न संघ , समाजको भनाइ रहेको छन ।

नेवाःजातीय महासंघका अध्यक्ष मनोज नेवाःखड्गीले  काठमाडौं महानगरको अभियानलाई हाम्रो समर्थन रहेको  बताउदै अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजरअन्दाज गर्न नसकिने बताए । उहाँहरुलाई राज्यले थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था गरिदिनुपर्ने  खडगीको भनाइ छ ।

समाजले  नदि किनार खाली गर्नुपर्ने पक्षमा धारणा राख्दै गर्दा त्यस बस्तीमा बास्दै आएका नागरिकप्रति आफूहरुको कुनै पनि  वैरभाव नभएको बताएको छ  । संगठनहरुले आफुहरुको सरोकार काठमाडौंको मौलिक पहिचान, सभ्यताको  संरक्षणका लागि मात्र भएको बताएका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal