आज :

महिलालाई क्षमता बनाउन अभिवृद्धि तालिम

  • अनलाइन डबली

पुस ९ , भक्तपुर – भक्तपुरको टिगनीमा महिला तथा बेरोजगार युवा लक्षित क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ९ को लागत साझेदारीमा श्री नीलबाराही महिला समुहले १५ दिने तालिम सञ्चालन गरेको हो ।
तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले स्थानिय महिला तथा युवाको लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने कार्यक्रम आवश्यक रहेको जनाए । ‘हाम्रो नगरपालिकामा यस्ता थुप्रै कार्यक्रमहरु हुने गरेका छन् । अझ एउटै व्यक्तिले एक भन्दा बढी तालिममा सहभागी भएर सीप र क्षमता विकास गरेका छन् । अब तालिमबाट सिकेको ज्ञानलाई उपयोग गरी उद्यमशील बन्न आग्रह गर्दछु ।’ उपप्रमुख श्रेष्ठको भनाइ थियो ।

mde

त्यस्तै, वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजबाहकले लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास व्यक्त गरे । उद्घोषण, सिलसिला मिलाएर बोल्ने शैली, नेतृत्व विकास, संस्थागत संरचना र उद्यमशीलता विकास लगायतका शिर्षक रहेको तालिमबाट महिलाहरुले पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउने बताए ।
‘हामीले तालिम कार्यक्रममा ३० जना मात्र समेट्ने भनेका थियौं । तर कार्यक्रमप्रति यति धेरै आकर्षण रह्यो कि पचास भन्दा बढी सहभागीहरु उत्साही भएर दैनिक रुपमा आइरहेका छन्’ संयोजक रेणु श्रेष्ठले बताइन् । स्थानिय महिला, युवा तथा बेरोजगारहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको श्रेष्ठको भनाइ थियो । मुख्य स्रोत व्यक्ति सञ्चारकर्मी केके मानन्धर, उद्यमशीलतर्फका प्रशिक्षक सुमिना मानन्धर तथा लक्ष्मी श्रेष्ठ तालिम कार्यक्रममा सहजीकरणको भूमिकामा छन् । बोडेदेखि नीलबाराही जाने बाटोमा पर्ने नीलकण्ठेश्वर मन्दिरको सभाहलमा पुस १ देखि सञ्चालन भइरहेको तालिम कार्यक्रम पुस १५ गते समापन हुँदैछ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal