आज :

कोरोना संक्रमण बढ्न सक्ने भन्दै बुस्टर डोज लगाउन सरकारको आग्रह

  • अनलाइन डबली

काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमण बढ्न सक्ने बुस्टर डोजको मात्रा लनि आग्रह गरेको छ । चीन र भारतका विभिन्न शहरमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नेपालमा पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड रोकथाम तथा नियन्त्रणका लागि यसअघि लागू गरेका जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले मास्कको प्रयोग गर्न, हातको सरसफाइमा ध्यान दिन, भौतिक दूरी कायम राख्न तथा खोप नलगाएको भए लगाउन र पहिलो र दोस्रो मात्रा खोप लिएको तर बुस्टर मात्रा छुटेको भएमा बुस्टर मात्राको खोप लिन पनि आग्रह गरेको छ ।

मन्त्रालयले भिडभाड तथा सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने र बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्न सके पनि सङ्क्रमण फैलने जोखिम न्यून रहेको जनाएको छ । कोरोनाको सङ्क्रमण छैन या घट्यो भनेर लापरबाही नगर्न समेत आग्रह गरेको छ ।

यसबाहेक मन्त्रालयले नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा रहेका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाले स्क्रिनिङ, निगरानी, सतर्कता बढाउन तथा आवश्यक तयारीमा रहन पनि आग्रह गरेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ‘बीएफ ७’ चीनमा तीव्र गतिमा फैलिएको तथा भारतका पनि केही ठाउँमा देखिएको तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो पटक विदेशबाट नेपाल आएका ४८ जना व्यक्तिको नमुना परीक्षण गरिएकोमा नयाँ भेरियन्ट नदेखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal