काठमाडौं । अर्जेन्टिनाका विश्व विजेता कप्तान लियानेल मेस्सी बीबीसी वर्ष स्पोर्ट पसनालिटीको सन् २०२२ को वर्ल्ड स्पोर्ट स्टार अफ द ईयर घोषित भएका छन् ।
कतारमा सम्पन्न फिफा विश्वकप फुटबल २०२२ मा अर्जेन्टिनालाई उपाधि जिताएसँगै मेस्सीको विश्वभरबाट मेस्सीको प्रसंशा भइरहेको बेला बीबीसीले वर्ष खेलाडी घोषित गरेको हो ।
मेस्सीले एकै पटक आधा दर्जन उपाधि हात पार्दै आफ्नो खेल जीवनलाई सदाको लागि अविश्यमरणीय बनाएका छन् । विश्वकप जित्ने मेस्सीको सपना पनि पूरा भएको छ । मेस्सीले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका छन् ।
पेरिस सेन्ट जर्मेनका फरवार्डले प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै गोल्डन बलको अवार्ड पनि हात पारेका थिए । प्रतियोगितामा उनले सात गोल गरेका थिए । बार्सिलोनाका पूर्व स्टारालाई सर्वकालिन महान् खेलाडी पनि मानिन्छ ।
मेस्सीले फाइनल खेलमा खेलमा दुई गोल गर्नुका साथै पेनाल्टीबाट गोल गरेपछि अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो ।