
काठमाडौं । उपचार सकेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किँदैछन् । स्वास्थ्यमा समस्या देखा परेपछि उपचारको लागि पुन चीन गएका थिए ।
चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट पुन गोन्झाओ हुँदै अपराह्न १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ ।
लामो समयदेखि वंशाणुगत जण्डिसबाट पीडित पुन मंसिर १६ गते उपचारको लागि चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा भएको थियो । पुनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले आज स्वदेश फर्किन लागेको जानकारी दिएकी छन् ।
चुनावी दौडधुपछि पुनलाई निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा रुचि नहुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या बल्जिएका थिए ।