आज :

कोरियाले एकैपटक दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्यो 

  • अनलाइन डबली

काठमाडौं । जनवादी गणतन्त्र कोरियाले एकै पटक दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । आइतवार दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

यसअघि प्योङयाङले नयाँ हतियार प्रणालीको लागि मोटरको सफल परीक्षण घोषणा गरेको थियो । त्यसको केही दिनमै थप व्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।

मिसाइल उत्तरी प्योङगान प्रान्तको टोङ्चाङ–री क्षेत्रबाट दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । मिसाइल स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेर १३ मिनेट देखि १२ बजेर ५ मिनेटसम्म पूर्वी सागरमा प्रहार गरिएको थ‍ियो ।

यस वर्ष कोरियाली प्रायद्वीपमा सैन्य तनाव तीव्र रूपमा बढेको छ किनकि प्योङयाङले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपणसहित हतियार परीक्षणहरूको अभूतपूर्व निशाना बनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal