आज :

अर्जेन्टिनाको अगाडि फ्रान्स कमजोरः यसअघि अर्जेन्टिनाले ६ पटक पराजित र ३ खेलमा बराबरी गरेको छ

  • अनलाइन डबली

काठमाडौं । फिफा विश्वकप फुटबलको आज अन्तिम अर्थात निर्णयाक दिन । आज उपाधिको लागि अर्जेन्टिना र फ्रान्सबीच खेल हुँदैछन् । दुबै टीम र समर्थकहरुले जितको दाबी गरिरहेका छन् ।

आज अर्जेन्टिना र फ्रान्सबीच यसअघिको अवस्था के थियो भन्ने पनि चाँसोको विषय बनेको छ । यो भन्दा पहिलो अर्जेन्टिना र फ्रान्सबीच सबै १२ खेल भएका छन् । यी खेलमा अर्जेन्टिना अगाडि छ । अर्जेन्टिनाले ६ खेल जितेको छ भने फ्रान्सले ३ खेल मात्र जितेको छ । ३ खेल बराबरी भएका छन् ।

विश्व कप अन्तर्गत दुई देशबीच तीन वटा खेल हुँदा अर्जेन्टिनाले २ र फ्रान्सले १ खेल जितेका छन् । पछिल्लो पटक सन् २०१८ मा रुसमा भएको विश्व कपमा प्रतियोगिताको अन्तिम–१६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएको थियो ।

त्यसैगरी सन् १९३० को विश्व कपमा अर्जेन्टिनाले फ्रान्सलाई १–० र सन् १९७८ को विश्व कपको समूह चरणमा ३–१ गोलले हराएको थियो ।

यी सबै खेलमा अर्जेन्टिनाका कप्तान मेस्सीको निर्णायक भूमिका रहेको छ । दुबै टीमले एक अर्काका कमजोर पक्ष समेत जानकार रहेका छन् । त्यसैले पनि यो फाइनल निकै रोचक हुनेछ । यी दुई टीम पहिलो पटक उपाधिको लागि भिड्दैछन् ।

खेल विश्लेषकका अनुसार अर्जेन्टिना फ्रान्सको अगाडि बलियो भएपनि खेलमा अहिले नै कसले जित्छ भन्न नसकिने बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal