आज :

विश्वकप फुटबलः उपाधिको लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै, राति ८ः४५ बजे खेल सुरु हुने 

  • अनलाइन डबली

काठमाडौं । कतारमा चलिरहेको फिफा विश्वकप २०२२ को आज निर्णायक अर्थात फाइनल खेल हुने दिन। खेलाडीको लागि मात्रै होइन फुटबल प्रेमीको लागि पनि विशेष दिन ।

आज उपाधिको लागि अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज ८ः४५  बजे सुरु हुनेछ ।

उपाधिको लागि अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराउँदै फाइनलमा पुगेको थियो भने फ्रान्सले मोरक्कोलाई २–० गोलले । अर्जेन्टिना र मोरक्को पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो ।

यसअघि नै अर्जेन्टिनाले दुईपटक विश्वकप जित हात पारिसकेको थियो । तेस्रो पटक उपाधि जित्ने सुरमा अर्जेन्टिना छ भने लगातार दुई पटक विश्वकप । अर्जेन्टिना ८ वर्षपछि फाइनल पुगेको छ । सन् १९८६ पछि विश्व कपको उपाधिको लागि भिड्दैछ । यसअघि उसले १९७८ मा उपाधि जितिसकेको थियो ।

सन् २०१४ मा अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो । अर्जेन्टिनाका कप्तान ३५ वर्षका लिओनल मेस्सीका लागि यो अन्तिम विश्व कप हो । उनकै नेतृत्वमा अर्जेन्टिनाले गएको वर्ष कोपा अमेरिकाको उपाधि समेत जितेको थियो ।

त्यसैगरी फ्रान्सले पहिलो पटक सन् १९९८ र २०१८ र मा विश्व कपको उपाधि जितेको थियो । यसपालि जितेमा फ्रान्सले लगातार दोस्रो पटक जितेर उपाधि नै रक्षा गर्नेछ । साथै लगातार उपाधि जित्ने दोस्रो देश पनि बन्नेछ ।

फुटबलको इतिहासमा सबैभन्दा बढी विश्वकप जित्ने ब्राजिल हो । उसले पाँच पटक उपाधि जितेको छ । तर यसपटक भने ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो ।

यो विश्व कप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको छ । गएराति कतारको खलिफा मैदानमा भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal