
काठमाडौँ । प्रदूषण मापदण्ड पूरा नगर्ने सवारीसाधानमा आजबाट कारवाही गरिने भएको छ । वन तथा वातावरण विभागले आजदेखि प्रदूषण जाँच नभएका र मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख जारिवाना गर्ने भएको छ ।
विभागले वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो । विभागले मंसिर २२ गते सूचना प्रकाशित गरेको थियो ।
काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका सवारीसाधानमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच गर्ने विभागले निर्णय गरेको छ । विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ । विभागले गाडीको धुवाँ निष्काशनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनसमेत जनाएको छ ।