आज :

आर्थिक अवस्था सुधारतिर, आजबाट विलासी बस्तु आयत खुला

  • अनलाइन डबली

काठमाडौ । संकटकाे बाटोमा हिडिरहेको नेपालका अर्थतन्त्र सुधारतिर हिड्न थालेको छ । विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएको छ । यो भनेको सकारात्मक संकेत भएको अर्थविदले बताएका छन् ।

नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्न लागेको भन्दै निकै तहल्का पिटिएको थियो तर नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको पछिल्लो अवस्थाले अर्थतन्त्र सुधारतर्फ लम्किरहेको देखिएको छ । असोज मसान्तसम्म १२ खर्ब ४६ अर्ब २२ करोड रूपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति ५ अर्बले बढेर १२ खर्ब ४६ अर्ब २७ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अहिलेको विदेशी मुद्रा सञ्चितिले ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही वस्तुको आयातमा प्रतिन्ध लगाएको थियो । सोहीकारण विदेशी मुद्राको सञ्चितिमा सुधार हुँदै गएको देखिन्छ ।

लामो समयसम्म त्यस्ता बस्तुमाथि प्रतिबन्ध लगाइराख्ने हाे भने व्यवसाय चौपट हुने भएकोले सरकारले आयत आजबाट खुला गरेको छ ।

राष्ट्र बैंकका अनुसार साउनमा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ९७ खर्ब ८५ करोड रूपैयाँ थियो । भदौमा आइपुग्दा यस्तो सञ्चिति केही घटेर ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ कायम भएको थियो । यही बेला अर्थतन्त्र श्रीलंकाको जस्तै हुन थालेको भन्ने हल्ला चलेको थियो ।

राष्ट्र बैंकका अनुसार कात्तिकमा रेमिट्यान्स ३ खर्ब ७८ अर्ब ४ करोड आएको छ । विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड पुगेको छ । यो अवस्थामा शोधानान्तर स्थितिको अवस्था २० अर्ब ३ करोड बचतमा पुगेको छ ।

त्यसैगरी चालू खातामा ३५ अर्ब ४० करोड घाटा रहेको छ भने ८.०८ प्रतिशत मूल्यवृद्धि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal