आज :

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा पुग्यो, उपाधिको लागि अर्जेन्टिनासँग भिड्ने 

  • अनलाइन डबली

काठमाडौं । फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ । विहान भएको खेलमा फ्रान्सले मोरक्कोलाई २-० गोलले पराजित गरेको हो । साविकको विजेता फ्रान्स उपाधिको लागि अब अर्जेन्टिनासँग भिड्ने भएको छ ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो। पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता लियो। हर्नान्डेजले डिबक्स भित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे। फ्रान्सले दोस्रो गोल ७९औं मिनेटमा थपेको थियो।

बल पोसेसनमा पक्कड जमाए पनि मोरोक्कोको गोल फर्काउने प्रयास सफल भएन। फ्रान्स चौथो पटक फाइनलमा पुगेको हो।

फ्रान्स पहिलो पटक लगातार दुईपल्ट विश्वकपको फाइनलमा पुगेको छ । यसअघि सन् १९५८ र १९६२ मा  पेले र ब्राजिल दुईपटक विश्वकपमा पुगेको थियो ।

रुसमा सम्पन्न यसअघिको विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई हराएर इतिहासमा दोस्रोपल्ट विश्वकप उपाधि उचालेको थियो । फेरि तेस्रो उपाधिको लागि अर्जेन्टिनासँग भिड्न ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal