आज :

मेस्सीले रचे नयाँ इतिहासः एकैपटक आधा दर्जन कीर्तिमानी, २५ विश्वकपमा ११ गोल र ९ असिस्ट 

  • अनलाइन डबली

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलसँगै नयाँ इतिहास रचेका छन् । कतारमा जारी फिफा विश्वकप फुटबलमा गएराति भएको खेलमा मेस्सीले क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरे ।

योसँगै मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै विश्वकपमा कप्तानी गर्ने खेलाडी बनेका छन् । फिफा पुरुष विश्वकपको इतिहासमा उनी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् । दोहाको लुसेल रंगशालामा भएको खेलसँगै मेस्सीले विश्वकपमा २५ औं खेल खेले ।

यो जर्मनीका महान खेलाडी लोथर म्याथ्युजसँग बराबरीको कीर्तिमान हो । विश्वकपको २५ खेलमा अर्जेन्टिनाका लागि उनले ११ गोल गरेका छन् भने ९ गोलका लागि असिस्ट गरेका छन् । असिस्टमा पनि नयाँ कीर्तिमानी रचेका छन् । यसअघि मेस्सी र राफा मार्क्वेजको नाममा सर्वाधिक १८ विश्वकप खेलमा कप्तानी गर्ने कीर्तिमान संयुक्त रुपमा रहेको थियो ।

क्रोएसियाविरुद्धको खेलसँगै विश्वकपका सर्वाधिक खेल खेल्ने कीर्तिमान लोथर मेथाउसको नाममा रहेको २५ खेलको मेस्सीले बराबरी गरेका छन् ।

मेस्सीले आफ्नै देशका डिएगो म्याराडोनाको नाममा रहेको सर्वाधिक ८ गोल असिस्टको विश्वकप कीर्तिमान पनि तोडेका छन् । मेस्सीले ९ असिस्ट गरेका छन् ।

त्यसैगरी विश्वकपको एकै खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरको खेलाडीका रुपमा पनि विश्व कीर्तिमान बनाइसकेका छन् ।

मेस्सी किशोर अवस्था, २० र ३० को दशकमा गोल गर्ने एकमात्र खेलाडी हुन् । त्यस्तै विश्वकपमा सर्वाधिक समयको अन्तरमा गोल गर्ने कीर्तिमान पनि मेस्सीकै नाममा छ। मेस्सीको पहिलो र अन्तिम विश्वकप गोलको अन्तर १६ वर्ष १७६ दिन रहेको छ।

क्रिस्टियानो रोनाल्डोको पहिलो र अन्तिम विश्वकप गोलको अन्तर १६ वर्ष १६० दिन रहेको छ । मेस्सी विश्वकपमा सर्वाधिक ९ पटक प्लेयर अफ दी म्याच अवार्ड पाउने खेलाडी हुन् । सन् २०१४ मा आयोजित ब्राजिल विश्वकपमा मात्र उनले चारपटक यो अवार्ड जितेका थिए । जारी विश्वकपमा पनि मेस्सीले तीनपटक यो अवार्ड पाइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal