आज :

मेस्सी फेरि चम्किएः ३ गोल खाँदै क्रोएसिया विश्वकपबाट आउट, अर्जेन्टिना उपाधि नजिक

  • अनलाइन डबली

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप फुटबलको उपाधि नजिक पुगेको छ । आज विहान भएको खेलमा क्रोएसियालाई फराकिलो गोल अन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ ।

कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरे ।

पहिलो हाफमै २-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो ।

पहिलो हाफको ३४औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरे । लगत्तै ३९औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले काउन्टर अट्याक गोल गरे ।

दोस्रो हाफको ६९औँ मिनेटमा अल्भारेज गोल थप्न सफल भए । त्यसपछि अर्जेन्टिनाले ३-० को अग्रता लियो । यो जितसँगै फाइनलमा पुगेको अर्जेन्टिनाले अब आज राति हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा आज राति पौने १ बजे फ्रान्स र मोरक्को खेल्दैछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal