आज :

चीन र भारतीय सेनाबीच झडपमा भारततर्फ ठूलो क्षति, युद्ध छेड्ने चीनको चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । चीन र भारतबीच सीमा क्षेत्रमा भएको झडपमा भारतका दर्जनाैं सैनिक घाइते भएका छन् । पूर्वतर्फको अरुणाचल प्रदेशस्थित तवांग सीमा क्षेत्रमा चीन र भारतीय सेनाबीच झडप भएको हो । झडपमा घाइते भारतीय सैनिकको गुवाहाटीको अस्पतालमा उपचार भइरहेको छ ।

उक्त क्षेत्रमा शुक्रबार राति झडप भएपनि घटना भारतीय संचारमाध्यमहरुले सोमबार मात्रै सार्वजनिक भएका छन् । भारतका मुलधारका संचारमाध्यमहरुले भारतका केही सैनिक घाइते भएको भनेर समाचार सम्प्रेशण गरेपनि केही साना भनिएका संचारमाध्यमहरुले भने दर्जनौं सैनिक घाइते भएको उल्लेख गरेका छन् ।

भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार लामो समयदेखि विवाद रहेको तवाङको याङत्सेमा झडप भएको थियो । सो क्षेत्रमा चीन र भारत दुबैले दाबी गर्दै आएका छन् । यहाँ लामो समयदेखि दुबै देशका सेना आपनेसामने रहेका छन् ।

भारतीय सेनाले सीमा रेखा टच गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको र भारत पछि नहटे युद्धको अवस्था हुने सक्ने चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

यसअघि २०२० जुनमा भारतको ठूलो क्षेति हुने गरी भएको झडपपछि सीमा क्षेत्रमा यो पहिलो तनाव हो । सन् १९६२ मा भएको युद्धले पनि दुई देशको सीमा विवाद समाधान गरेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal