आज :

मेयर बालेनको टोली धरहरा क्षेत्रमा, निर्माण कम्पनीको काममा रोक

  • अनलाइन डबली

काठमाडौँ । एतिहासिक सम्पदा सुन्धारामा पानि ल्याइन प्रयोग गरिने संरचना सो क्षेत्रमा कामको जिम्मा पाएको निर्माण कम्पनीले भत्काएको छ ।  २०७२ सालको महाभूकम्पमा लगभग पूर्ण क्षति भएको धरहराको भग्नावशेषको उचित संरक्षण पनि नगरी संग अर्को नयाँ धरहरा नामको टावर निर्माण गर्न हतारिएको र त्यही रहेको उति नै महत्वपूर्ण सम्पदा सुन्धाराको अस्तित्व नै समाप्त गर्ने प्रयास भएको भन्दै स्थानीय तथा सरोकार वालाले आक्रोस ब्यक्त गरेको छ ।

निर्माण कम्पनीले सुन्धरामा पानी ल्याउनको लागि प्रयोग गरिएको काठबात निर्मित कुलो स्क्याभेटर लगाएत भत्काए पछी आज सोमबार काठमाडौँ महानगरपालिकाका मेयर बालेंन साह सहितको टिम सो स्थानमा पुगेका हुन् । ठेकेदार कम्पनीका कामदारले कम्पनीले भनेको भन्दै उक्त पुरात्त्विक बस्ति भत्काएर निकालिएको सो टोलीलाई जवाब दिए । स्थानियको पटक पटकको खबरदारी र ध्यानाकर्षण को बावजुद धरहरा परियोजना बाट सो छेत्रमा काम गर्दा अपनाउनु पर्ने सामान्य सुरक्षा मापदन्ड समेत नअपनाई लापरबाहीपूर्वक र कामकोबाट ऐतिहासिक सुन्धाराको मुख्य धाराको पानी झार्नको लागि व्यवस्थापन गरि पुरातात्त्विक महत्वको संरचना क्षतविक्षत बनाइ पछी आक्रोसित बनेका छन् ।

——-निर्माण कम्पनिले भत्काएको सुन्धरामा पानि ल्याइन प्रयोग भएको काठबाट निर्माण गरिएको कुलो——-  

मेयर साह सहित गएको टोलीले पुरातात्विक संरचना भत्काएको कारण के कति क्षति भएको बिषयमा अध्यन गरि अनुगमन समिति बनाइने बताए । निर्माण कम्पनिलाइ काठमाडौँ महानगरपालिका २२ वडा कार्यालयले  हालका लागि सम्पूर्ण कार्य रोक्न समेत भनेको छ ।

धरहरा क्षेत्रको निर्माण गर्न जिम्मा पाएका कम्पनिको कारण सो क्षेत्रमा डिक आवत जाउ गर्न लगाएतमा असर परेको भन्दै महानगर पालिका २२ वडा तथा बिभिन्न सरोकार वाला ,सामाजिक संघ सस्थाले कम्पनि समक्ष तीन बुदे माग राखेका छन् ।

 

१. सुन्धारको एतिहासिक मुल्य मान्यता अनुसार पुननिर्माण को प्रत्याभूति नभएसम्म परियोजना  को सम्पूर्ण काम बन्द गरिने । हिजोको घटनामा संलग्नलाइ तत्काल कारवाही गर्ने  । 

२. सम्पदा पुनर्निर्माणको कार्यमा स्थानीयको प्रतिनिधि र पुरातत्वविधको अनिवार्य सहभागी हुनु पर्ने ।

३.  स्थानीयरुपमा परियोजनाले नयाँ धरहरा टावर निर्माणको दौरान उच्चभारवाहान क्षमतको गाडीहरूको आवतजावतको कारण साबिक मा भएको सडक भत्किन में पानी परेको बेलामा हिलो र अरु बेला धुलाम्मे हुन गै स्थानीय छेत्रमा भै रहेको वायुप्रदूषण तत्काल नियन्त्रण गर्ने र परियोजनाबात बिग्रीएको दुरसंचार केन्द्रको कार्यालय अगाडिबात खिचापोखरिसम्म जाने सडक तत्काल कालोपत्रे गर्नु पर्ने ।      

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal