आज :

आज यो वर्षकै बढी चिसो, जुम्लाको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस

  • अनलाइन डबली

काठमाडौं । आज यो वर्षकै सबैभन्दा बढी चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ ।

त्यस्तै दोस्रो बढी चिसो मुस्ताङमा बढेको छ, जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको छ र  जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ ।

त्यसैगरी काठमाडौँमा पनि आज यो वर्षकै सबैभन्दा तापक्रम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

आइतबार काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ ।

महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।मंगलबार पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

त्यसैगरी हिमाली जिल्ला केही क्षेत्रमा हिमपात सुरु भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal