आज :

विश्वकप फुटबलको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार ग्रान्टको मृत्यु कसरी भयो ?

  • अनलाइन डबली

काठमाडौं । कतार पुगेर विश्वकप फुटबल–२०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ । फुटबल सुरुसँगै कतारबाट रिपोर्टिङ गरिरहेका ग्रान्टको हृदयघातबाट मृत्यु भएको विश्वकप आयोजनाका लागि कतारको व्यवस्थापन निकायले जानकारी दिएको छ ।

बीबीसीका अनुसार लुसेल रंगशालामा खेल हेर्ने क्रममा पत्रकार ग्रान्टलाई हृदयघात भएको थियो । विश्वकप क्वाटर फाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल हेरिरहेका वाहल एक्कासि ढलेपछि पत्रकारहरूले मेडिकल टिम बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो ।

यसैबीच अमेरिकी सरकारले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दु:खी भएको जनाएको छ । लामो समय अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टले पछिल्लो समय अनलाइन प्लेटफम सबस्ट्याकमा आफ्ना सामग्री प्रकाशन गर्दै आएको बताइएको छ ।

गएकाे महिना मात्र उनलाई कतारी सुरक्षा अधिकारीले केही समय पक्राउ गरेका उनले बताएका थिए । लैंगिक अल्पसंख्यक समुदायको समर्थनमा इन्द्रेणी रंगको सर्ट लगाएर रंगशाला जाँदा उनलाई पक्राउ गरिएको थियाे । उनले अमेरिका र वेल्सबीचको खेलमा आफूलाई प्रवेश नदिइएको पनि बताएका थिए । ४८ वर्षका ग्रान्टका विभिन्न पुस्तक समेत प्रकाशित छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal