आज :

विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा ः फाइनल पुग्न अर्जेन्टिना र क्रोएसिया तथा फ्रान्स र मोरक्को खेल्ने

  • अनलाइन डबली

मंसिर २५, काठमाण्डौ – फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हो ।

यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल मङ्गलवार राति पौने १ बजे हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराएको थियो ।

यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ । गएराति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई र आज बिहान भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इङ्ल्यान्डलाई हराएर अन्तिम चारमा पुगेका हुन् ।

फाइनल खेल पुस ३ गते आइतवार हुनेछ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal