आज :

बंगलादेशमा सरकार विरोधी प्रदर्शन चर्किदै

  • अनलाइन डबली

२५ मंसिर काठमाडौं । बंगलादेशमा सरकार विरोधी प्रदर्शन चर्किदै गएको छ ।

प्रधानमन्त्री शेख हसीना वाजेदको राजीनामा, संसद बिघटन र स्वतन्त्र निर्वाचनको मागसहित विरोध प्रदर्शन भएको हो । बंगलादेशको विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टी बीएनपीका लाखौं समर्थकरुले राजधानी ढाका लगाएतका शहरमा गरेको प्रदर्शनमा नयाँ निर्वाचनको माग गदै प्रधानमन्त्री वाजेदको सरकार विरुद्ध चर्को नारा लगाएका छन् ।

इन्धनको मुल्य वृद्धि र बिजुली कटौतीको विरुद्धमा उनीहरुले देशभर यसअघि पनि प्रर्दशन गर्दै आएकोमा अहिलेको प्रदर्शनमा २ लाख बढीको सहभागिता रहेको छ । शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा सयौंको सख्यामा प्रहरी परिचालन गरिएको छ । यसअघिको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा बीएनपीका दुई जना नेतासहित दुई हजार प्रदर्शनारीहरु पक्राउ परिसकेका छन् ।

जसका कारण आक्रोशित बनेका प्रदर्शनकारीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal