आज :

पाकिस्तानमा बिजुली र ग्यासको अभाव

  • अनलाइन डबली

जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेको छ ।

पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासको अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हो । पाकिस्तानमा गएको वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासको अत्यधिक माग बढेको छ ।

सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासको अभाव भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्तान, पेशावर र रावलपिण्डीका नागरिकहरु समस्यामा परेका छन् । उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना प्रभावकारी हुन नसकेको नागरिकको गुनासो छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धले करिब ६२ प्रतिशत ग्यास उत्पादन गर्ने भए पनि मात्रै ३८ प्रतिशत उपभोग गर्छ । तीन प्रतिशत ग्यास उत्पादन हुने गरेको पञ्जाबमा ५२ प्रतिशत खपत हुने गर्छ। यस्तै, खैबर पख्तुनख्वामा ग्यास उत्पादन १५ प्रतिशत ग्यास उत्पादन हुन्छ भने सात प्रतिशत खपत हुने गरेको छ । बलुचिस्तानमा ग्यास उत्पादन १२ प्रतिशत र खपत दुई प्रतिशत मात्रै छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal