आज :

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो,, न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस

  • अनलाइन डबली

मंसिर २५ , काठमाडौं । काठमाडौं उपत्यकासहित आज आइतबार देशभर चिसो बढेको छ ।

आइतबार दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुन थालेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनहुँ तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने भएको छ । महाशाखाका अनुसार देशका मध्य भाग, मध्यपश्चिम र पूर्वी तराई÷मधेशका जिल्लाहरुमा हुस्सु र कुहिरो लाग्न थालेको छ ।

कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापामा बिहानपख हुस्सु र कुहिरो लागेको छ । चिसो बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।

गत २४ घण्टामा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ । हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । त्यसैले देशभरको मौसम सामान्यतया सफा भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal