आज :

दिल्लीबासीले अस्वीकार गरे मोदीका एजेण्डा, केजरीवाललाई बहुमत 

  • अनलाइन डबली

काठमाडौं । भारतको राजधानी दिल्लीबासीले भारतीय जनता पार्टीको एजेण्डालाई अस्वीकार गरेका छन् । दिल्लीको नागरिक निकायको निर्वाचनमा आम आदमी पार्टी (आप) ले बहुमत ल्याएको छ । नगर निगमको २ सय ५० वार्डमध्ये आपले १३४ वार्ड जितेको छ भने बीजेपी जम्मा १०४ वार्डमा सीमित भएको छ । त्यससँगै कांग्रेसले जम्मा ९ मा खुम्चिएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार दिल्ली प्रादेशिक सरकार चलाइरहेको आपले बीजेपीमाथि हावी हुनु भनेको प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक एजेण्डालाई दिल्लीबासीले अस्वीकार गरेका हुन् । बीजेपीले १०४ वार्ड जोगाउनुलाई सफलता मानेको छ ।

दिल्ली नगर निगम (एमसीडी) मा लगातार १५ वर्ष शासन गरेको बीजेपी यसपटकको नागरिक निकायको चुनावमा आपसँग पराजित भएको छ । बीजेपीका धेरै नेताहरूले नगर निगममा आपको बिजयले केन्द्र शासित प्रदेशमा पार्टीको भविष्य नरहेको बताउन थालेका छन् ।

बीजेपीका कतिपय नेताहरूले पार्टीकै स्थानीय नेताहरूको कमजोरीका कारण पार्टीले हार बेहोरेको भन्दै कतिपयले कर्तव्य पूरा नगरेको र मतदातालाई मतदान केन्द्रसम्म पुर्‍याउन घर-घरमा गएर पर्चा बाँड्न नसकेको पनि आरोप लगाएका छन् ।

न्यूज १८ सँग कुरा गर्दै बीजेपीका केही वरिष्ठ नेताहरूले खराब टिकट वितरण आफ्नो हारको कारण रहेको बताएका छन् । कतिपय वरिष्ठ नेताले पनि सांसदसँग उचित परामर्श नगरी टिकट बाँडफाँड गरेका कारणले बीजेपी हारेको उनीहरूको तर्क छ । भाजपाका केही वरिष्ठ नेताहरूले राष्ट्रिय राजधानीका धेरै वार्डहरूमा मतदाताहरूको नाम र उनीहरूले मतदान गर्ने बुथहरू सहित स्लिपहरू वितरण गर्ने काम प्रभावकारी रूपमा पार्टीले गर्न नसकेको आरोप लगाए ।

धेरै पार्टी नेताहरूले दिल्ली एमसीडी चुनावको लागि बीजेपीमा नेतृत्वको अभाव भएको विश्वास गरेका छन् । हरेक तहमा धेरै शक्ति केन्द्र र समूहहरू सक्रिय भएकाले कार्यकर्ताबाट वफादारी गराउन सक्ने कुनै पनि एकताबद्ध निकाय नभएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal