आज :

क्रोसिएसँग ४ गोल खाएर ब्राजिल विश्वकपबाट बाहिरिएसँगै नेयमारले सन्यास लिँदै !

  • अनलाइन डबली

काठमाडौं । खेलमा अस्वाभाविक क्रियाकलाप गरेर प्रतिस्पर्धीलाई झुक्याउने र छक्याउने तथा चिट गर्ने खेलाडीको पहिचान बनाएका ब्राजिलका कप्तान नेयमारले सन्यास लिने भएका छन् । गएराति भएको खेलमा नेयमारको टीमले क्रोसिएसँग सजिलै पराजित भएको थियो ।

छैटौं पटक विश्व कप जित्ने सपना बोकेर कतार पुगेको ब्राजिल सेमिफाइलनमा प्रवेश गर्न नसकेपछि नेयमारले सन्यासले लिने संकेत गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् । उनले आफू ब्राजिलका लागि खेल्न जारी राख्ने ग्यारेन्टी दिन नसक्ने बताएसँगै उनले सन्यास लिन लागेको बताइएको हो ।

त्यसैगरी ब्राजिलका मुख्य प्रशिकले पनि राजिनामा दिएका छन् । प्रशिक्षक टिटेले राजीनाको  घोषणा गरेका छन् । उनले प्रतियोगिता अघि नै उनले आफ्नो टोलीको प्रदर्शनका बाबजुद राजीनामा दिने बताइसकेका थिए । ६१ वर्षीय टिटेले ब्राजिलको प्रबन्धकको रूपमा ६ वर्ष काम गरेपछि आफू ‘शान्तिमा जान लागेको’ बताएका छन्।

यता ३० वर्षीय नेयमारले भने आफ्नो निर्णयको मूल्याङ्कन गर्ने बताउँदै भने, ‘मैले यस बारे अलि बढी सोच्न आवश्यक छ,  म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्किने १००% ग्यारेन्टी पनि दिइरहेको छैन। मैले यसबारे अलि बढी सोच्न आवश्यक छ कि मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’

पाँच पटकको विश्व कप विजेता ब्राजिललाई यसअघिको उपविजेता क्रोसिएलाले १-१ को बराबरीमै रोकेपछि खेल पेनाल्टीमा चरणमा पुग्यो । कतारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा क्राेएसियाले पेनाल्टीमा ब्राजिललाई चार–दुई गाेलले हरायाे ।

यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । थपिएकाे समयमा ब्राजिलका लागि नेयमारले गाेल गरे । तर त्याे अग्रता धेरै बेर टिकेन । क्राेएसियाका लागि ब्रुनाे पेटकाेभिकले गाेल गर्दै खेल एक–एककाे बराबरीमा पुर्‍याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेकाे हाे । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपकाे उपाधि जितेकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal