आज :

मेस्सीको गोलसँगै अर्जेन्टिना विश्व कप फुटबलको सेमिफाइनलमा, ब्राजिल बाहिरियो

  • अनलाइन डबली

काठमाडौं । कतारमा जारी फिफा विश्व कप फुटबलमा अर्जेन्टिना विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विहान भएको खेलमा अर्जेन्टिनाले पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै सेमिफाइलनको यात्रा तय गरेको हो ।

कतारको लुसेल मैदानमा भएको खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइक र स्टिभन बर्घिअसले गोल गर्न सकेनन् ।

अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार बाहिर गयो । खेलको पहिलो हाफको ३५औँ र दोस्रो हाफको ७३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्यो । नेदरल्यान्ड्सले दोस्रो हाफको ८३औँ मिनेटमा र इन्ज्युरी समयको दशौँ मिनेटमा गोल गरी बराबरी गरेको थियो ।

अर्जेन्टिनाका मोलिना र कप्तान लियाेनल मेस्सीले गोल गरेका थिए । मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । नेदरल्यान्ड्सका वुट वेघोर्स्ट दुई गोल गरे । तर अतिरिक्त समयमा गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा पुगेको थियो ।

अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले गएराति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरेको थियो । निर्धारित समय गोलरहित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पाँच पटकको विश्व कप विजेता टोली ब्राजिल पराजित भयो ।

यसैबीच ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पद छाडेका छन् । कतार विश्व कपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् ।

गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । ६१ वर्षीय प्रशिक्षक टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal