
काठमाडौं । मध्य मंसिरमा पुग्दा देशभरको चिसो बढ्दै गएको छ । काठमाडौंसहित देशभर चिसो बढेको छ । केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तराई भू-भागमा हुस्सु तथा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको बताउँदै चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । चिसोबाट बालबालिका र वृद्धबृद्धालाई बचाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले शुक्रबार देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको तर देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतः सफा रहनेछ।