आज :

रूससँग विश्वमै सबैभन्दा आधुनिक र परिष्कृत परमाणु अस्त्रहरू छन्ः पुटिन

  • अनलाइन डबली

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशसँग विश्वमै सबैभन्दा आधुनिक र परिष्कृत परमाणु अस्त्र भएको बताएका छन् । उनले कसैले आफ्ने देशमाथि हमला गरे त्यसको जवाफमा प्रयोग गर्ने समेत चेतावनी दिए ।

रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै राष्ट्रपति पुटिनले विश्वमा परमाणु यु द्धको जोखिम बढिरहेको बताएको तर रुसले दिमागी सन्तुलन नगुमाएको र सुरुमा परमाणु अस्त्र प्रयोग नगर्ने समेत बताए । “परमाणु युद्धको जोखिम बढ्दो छ तर हामीले दिमागी सन्तुलन गुमाएका छैनौं । सुरुमा परमाणु अस्त्र प्रयोग गर्दैनौं, हाम्रो देशमाथि हमला भएमात्र आम विनाशकारी अस्त्र प्रयोग गर्नेछौं” पुटिनले भने ।

पुटिनले त्यस्ता हतियार अरुको भूमिमा लुकाउन समेत ठिक नभएको बताउँदै अमेरिकाले युरोपलगायतका देशहरुमा त्यस्ता अस्त्र लुकाएको बताए । उनले आफ्नो देशले आफ्नो भूमिमा मात्रै परमाणु अस्त्र राखेको समेत बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

पुटिनले युक्रेन र दक्षिण पश्चिमी रुस सीमा रहेको एजोभ समुद्र रुसको एउटा आन्तरिक समुद्र बनेको बताउँदै त्यसलाई रुसका जार पिटर द ग्रेटको लक्ष्य रहेको बताएका छन् । उनले खेरसन, जापोरिजा, लुहान्स्क र डोनेत्स्क क्षेत्रलाई नयाँ रुसी भूभागका रूपमा दाबी गरे ।

यसैबीच रूसी सेनाले युक्रेनमा हमला बढाएकाे छ । पछिल्लाे पटक युक्रेनका पूर्वी इलाकाहरूमा क्षेप्यास्त्र प्रहार गरेका छन् । यसअघि एकै पटक ७० वटा क्षेप्यास्त्र प्रहार गरेकाे थियाे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal