आज :

पेरुमा पहिलो पटक महिला राष्ट्रपति, पूर्वराष्ट्रपति हिरासतमा

  • अनलाइन डबली

काठमाडौँ । पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छिन् । संसद भंग गर्ने प्रयास गरेको भन्दै पूर्वराष्ट्र पेड्रो कास्टिलोलाई महाअभियोग लगाएपछि उपराष्ट्रपति डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो ।

अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताएका थिए । तर, सांसदहरूले यसलाई बेवास्ता गरे र आपतकालीन बैठक बोलाएर उनलाई महाभियोग लगाए । उनलाई हिरासतमा लिई विद्रोहको आरोप लगाइएको छ । ६० वर्षीय वकिल बोलुआर्टेले आफूले जुलाई २०२६ सम्म शासन गर्ने बताइन् । जुन बेला कास्टिलोको राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ ।

सपथ ग्रहण गरेपछि बोल्दै उनले मुलुकमा देखिएको संकट समाधानका लागि राजनीतिक युद्धविरामको आह्वान गरिन् । ‘मैले के अनुरोध गर्छु भने अहिले देश बचाउने समय हो’ नवनियुक्त राषट्रपति बोलुआर्टेले भनिन् ।

बुधवार नाटकीय श्रृंखला त्यतिबेला सुरु भएको जतिबेला राष्ट्रपति पेड्रो कास्टिलोले राष्ट्रिय टेलिभिजनमार्फत एक सम्बोधनमा आपतकालीन अवस्था घोषणा गरे । कास्टिलोले आफूविरुद्ध नयाँ महाभियोग प्रक्रिया सुरु हुनु केही घण्टा अघि संसद भंग गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal