काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तिम १६ अर्थात नकआउट चरण पूरा भएको छ । गएराति भएको दुई खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
गएराति भएको खेलमा पोर्चुगल र मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पोर्चुगलले स्वीट्जरल्याण्डलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो भने भने स्पेनलाई हराउँदै मोरक्को पनि यो चरणमा पुगेको छ । क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ५ टिम पुगेका छन् भने दक्षिण अफ्रिकाबाट दुई तथा अफ्रिकाबाट एक टिम छन् ।
युरोपबाट नेदरल्याण्ड्स, इंग्ल्याण्ड, फ्रान्स, क्रोएसिया र पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गर्दा दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनल पुगे ।
अफ्रिकन राष्ट्र मोरक्को भने पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । एसियाका जापान, दक्षिण कोरिया र अष्ट्रेलिया तथा उत्तर अमेरिकाको अमेरिका अन्तिम १६ बाटै बाहिरिए । एसियाका तीनवटा राष्ट्र र उत्तर अमेरिकी एक राष्ट्रको क्वाटरफाइनलमा पुग्ने सपना पूरा हुन पाएन् ।
यस पटक विश्वकपमा सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको थियो । तर क्वाटरफाइनलमा आइपुग्दा भने तीन महादेशका टिम मात्र बाँकी छन् ।
क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलसँग पहिलो खेल खेल्नेछ । नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच दोस्रो क्वाटरफाइनल हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।
मोरक्कोले तेस्रो क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ भने दुई पूर्व विजेता इंग्ल्याण्ड र फ्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । यी दुईको विजेताले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्वाटरफाइनल खेल मंसिर २३ र २४ गते हुनेछ ।
यस्तो अब क्वाटरफाइनल खेलतालिकाः
मंसिर २३ गते शुक्रबारः ८ः४५ बजे क्रोएसिया– ब्राजिल, १२ः४५ नेदरल्याण्ड्स – अर्जेन्टिना । मंसिर २४ गते शनिबार-८ः४५ बजे मोरक्को – पोर्चुगल, १२ः४५ बजे- इंग्ल्याण्ड – फ्रान्स ।
सेमिफाइनलः मंसिर २७ गते मंगलबार
१२ः४५ बजे पहिलो क्वाटरफाइनल विजेता र दोस्रो क्वाटरफाइनल विजेता । मंसिर २८ गते बुधबार- १२ः४५ बजे तेस्रो क्वाटरफाइनल विजेता भर्सेस चौथो क्वाटरफाइनल विजेता ।
तेस्रो स्थान – पुस २ गते शनिबार १२ः४५ बजे पहिलो सेमिफाइनल उपविजेता भर्सेस दोस्रो सेमिफाइनल उपविजेता । फाइनल पुस – ३ गते आइतबार ८ः४५ पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता ।