आज :

डलरको मूल्य आकासिएको बेला बिलासी वस्तुको आयत खुला 

  • अनलाइन डबली

काठमाडौं । सरकारले महंगा बस्तु आयतमा खुला गरेको छ । मुद्रा सञ्चिती घट्दै गएपछि आर्थिक संकट आउन सक्ने भन्दै सरकारले महंगा बस्तुको आयतमा रोक लगाएको थियो ।

सरकारले साढे ८ महिना अघि बिलासी मानिएका वस्तुहरुको आयात प्रतिबन्ध लगाएको थियो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि खुला गर्ने निर्णय गरेको छ ।

व्यवसायीहरुले व्यवसाय चौपट हुन लागेको भन्दै आयत खुलाउन माग गर्दै आएका थिए । बजारमा माग घटेर अर्थतन्त्रको अर्को संकट आउन सक्ने र राजस्वको लक्ष्य समेत भेट्न मुस्किल हुन सक्ने अवस्थालाई ध्यानमा राखेर वस्तुको आयत खुला गरेको हो ।

अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालय विभिन्न चरणमा छलफल गरेका थिए । अब वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेपछि प्रतिवन्ध औपचारिक रुपमा हट्ने छ । ३ सय अमेरिकी डलर भन्दामाथिका मोबाइल, ५० हजार डलरभन्दा महँगा डिजेल तथा पेट्रोल गाडी, विदेशी मदिरा र १५० सीसीभन्दा बढीका मोटरसाइकलको प्रतिबन्ध हट्नेछ ।

अन्तर्राष्ट्रिय दातृ निकायहरुले पनि प्रतिबन्धको साटो ब्याजदरसहितको मौद्रिक उपकरण प्रयोग गर्न सुझाव दिंदै आएका थिए । प्रतिबन्धको कदमपछि अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको दबाब सुधारउन्मुख देखिएको छ । शोधानान्तर अवस्था बचतमा गएको छ । विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको छ ।

रेमिट्यान्स आप्रवाह बढेका कारण पनि सञ्चितिमा परेको दबाब कम भएको छ । यी सबै अवस्थाले अर्ततन्त्रको बाह्य क्षेत्र अब ठूलो दबाबमा नरहेको देखिएको सरकारी निष्कर्ष छ ।

आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ आर्थिक वर्षको अन्त्यसम्म १० प्रकारका बिलासी वस्तु आयातमा पूर्ण प्रतिबन्धको नीति लिएको थियो । मदिरा, सुर्ती, कुरकरे तथा लेजलगायतका खाद्यन्न, हीरा, सबै प्रकारका खेलौना, तास, ३२ इन्चभन्दा ठूला रंगीन टीभीको आयात खुलाउँदै गएपनि अहिलेसम्म चार वस्तुको प्रतिबन्ध भने कायमै थियो ।

अमेरिकी डलर आकासिएको बेला सरकारले बिसाली वस्तुको आयत खुला गरेको छ । यसले भविश्यमा मुद्रा संचितीमा समस्या ल्याउन सक्ने बताइएको छ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज डलरको खरिद दर १३१ रूपैयाँ ८९ पैसा र बिक्री दर १३२ रूपैयाँ ४९ पैसा रहेको छ।

त्यसैगरी जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ भने युरो एकको खरिद दर १३८ रूपैयाँ ४४ पैसा र बिक्री दर १३९ रूपैयाँ ०७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६२ पैसा र बिक्री दर १६१ रूपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal