काठमाडौँ । उपत्यकावासी ब्यबस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै काठमाडौं महानगरपालिकामा स्थानिले धर्ना दिएका छन् । स्थानीय समुदाय सहित ठुलो संख्यामा सर्वसाधारणले आज सुनधारा स्थत काठमाडौँ महानगर पालिकाको कार्यालय बाग्दरवार पुगेर धर्ना दिदै ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अशोभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुमवासीका कारण खोला प्रदुपषत भएको, बागमती नदीको सभ्यता हारौदै गएको , राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् । अस्तव्यस्थ बसोबास र दिउँसै खुल्ला रुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन् ।
उक्त बस्तीमा रहेका वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमवासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कानुन अनुसार कारबाही गर्न उनीहरूले जोडदार माग गरेको छ ।
गएको सोमबार अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहकमा महानगरको टोली थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्न जाँदा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा महानगरका ३६ प्रहरी घाइते भएका थिए ।


अनलाइन डबली



