आज :

रुसले युक्रेनमाथि क्षेप्यास्त्रको बर्षा गर्यो, युक्रेन लाखाैं नागरिक जाडोले मर्ने अवस्थामा !

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनमाथि एकैपटक ७० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । यो एकै पटक यति धेरै क्षेप्यास्त्रहरुको बर्षा गराएको आठौं पटक हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसले आठ हप्तामा आठौं पटक यति धेरै संख्यामा क्षेप्यास्त्र प्रहार गरेको हो ।

रुसी सेनाले जोपोरिजिया र ओडेसा क्षेत्रमा रहेका सैनिक शिविरलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । युक्रेनी अधिकारीहरुले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गर्दै केही निष्क्रिय पारेको दाबी गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले क्षेप्यास्त्रबाट प्रहारबाट छिमेकी राष्ट्र मोल्दोभाको विद्युत् आपूर्ति प्रणालीमा पनि क्षति भएको बताएका छन्। उनले रुसी हमला युक्रेनका लागि मात्रै नभएर पूरै क्षेत्रका लागि चेतावनी भएको बताएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

रुसी हमलाबाट युक्रेनको ऊर्जा प्रणाली अस्तब्यस्त भएको छ । जसका कारण दशौँ लाख मानिसहरू बिजुली र जाडो सुरु हुनै लाग्दा न्यानोबाट वञ्चित भएका थिए। ऊर्जा प्रणालीमा सुधार नहुने हो भने जाडोले लाखौं मानिसहरुको ज्यान जान सक्ने बताइएको छ ।

यसैबीच राजधानी किएभसहित कैयौँ क्षेत्रमा हवाई आक्रमण हुनसक्ने चेतावनीयुक्त साइरन बजेका छन्। रुसका दुई सैन्य हवाई अखाडाहरूमा युक्रेनले गराएको विस्फोट र जी–७ मा पश्चिमा देशहरुले रुसी कच्चा तेलको कटौतीको जवाफस्वारुप पछिल्लो क्षेप्यास्त्रको बर्षा गराइएको हो ।

रुसको राजधानी मस्कोको दक्षिण–पूर्वमा पर्ने र्‍याजान सहर नजिकैको हवाई अखाडामा बिस्फोट गराइएको थियो । उक्त घटनामा परी तीन जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको रुसी सरकारी सञ्चारमाध्यमले यसअघि जनाएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal