आज :

अचानक आएको पहिरोमा गुडिरहेको बस पुरियो, ३३ जनाको मृत्यु, थप विवरणसहित

  • अनलाइन डबली

कोलम्बिया । कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ९ जनाको उद्दार गरिएको छ । उत्तरपश्चिम कोलम्बियामा उक्त घटना भएको हो । अविरल वर्षापछि बाढी आएको थियो ।

राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा गुडिरहेको बस पुरिएको थियो ।

गृहमन्त्री अल्फोन्सो प्राडाले सोमबार पत्रकारहरूलाई भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीवितै उद्धार गरेका छौं । उद्धार गरेकामध्ये ४ जनाको अवस्था गम्भीर छ । ’

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्वीटर सन्देशमा घटनाबाट आफू दुखित भएको बताएका छन् । कोलम्बिया अस्वाभाविक रूपमा भारी वर्षाले प्रभावित छ ।

यसैबीच चीनको प्रदूषित हावामा तीब्र मात्रामा सूक्ष्म कणहरू फेला परेको र त्यसका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमा नै मृत्यु हुने गरेको एक अध्ययनले दाबी गरेको छ ।

बेइजिङले विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका बाबजुद अध्ययनले यस्तो नतिजा देखाएको हो ।

अध्ययनले १ सय ३७ देशहरूको विश्लेषण गरेको थियो । जीवाश्म ईन्धन जलाउँदा सामान्यतया उत्पादन हुने २.५ माइक्रोन (पीएम २.५) भन्दा सानो कणहरूको सम्पर्कले ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४० प्रतिशत मृत शिशु जन्मेका थिए ।

विश्वका ९८ प्रतिशत मृत शिशु जन्मिने सबै देशको विश्लेषण गरिएको अध्ययनमा चीन चौथो स्थानमा परेको थियो । अध्ययन नेचर कम्युनिकेसन्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित छ ।

यसैबीच, सुई ताओको नेतृत्वमा रहेको पेकिङ विश्वविद्यालयका अन्वेषकहरूले वायु प्रदूषण नियन्त्रण गर्न चिनियाँ अधिकारीहरूले गत दशकमा अपनाएका कदमले मृत्युको संख्यामा कमी आएको औंल्याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal