काठमाडौं । कतारमा जारी विश्व कप फुटबलबाट जापान र दक्षिण कोरिया आउट भएका छन् । दुबै एसियाली देश क्वाटरफाइनलमा प्रवेश गर्न सकेनन् । दुबै देश नकआउटमा पुग्न सफल भएपनि विश्वकपको यात्रामा ब्रेक लागेको छ । दक्षिण कोरिया ब्राजिलसँग पराजित भएको हो भने जापान क्रोएसियासँग ।
मंगलबार विहान भएको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलले हराएको थियो । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गरेको थियो ।
खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६ औं मिनेटमा एक गोल फर्काए ।
त्यसैगरी क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा पुगेको छ । क्रोएसियाले पेनाल्टी शुट आउटमा जापानलाई हराएको हो । कतारको अल जनौब स्टेडियममा भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी शुट आउटमा ३-१ ले हरायो ।
यसअघि जापानका लागि खेलको ४३ औँ मिनेटमा डेजन मायदाले गोल गरे । क्रोएसियाका लागि इभाना पेरिसिकले ५५ औँ मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो ।
अब क्रोएसियाले क्वाटर फाइनलमा आजै हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।