आज :

स्वतन्त्र सांसद दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत

  • अनलाइन डबली

काठमाडौँ । गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन्। गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको छैन।

यत बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई सुदृढ बनाउन वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।

सोमबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

‘संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू एकमत हुनुभएको छ। गठबन्धनलाई निरन्तरता दिने विषयमा संयुक्त वक्तव्य जारी हुँदैछ,’ गुरुङले भने।

शक्ति बाँडफाँटको विषयमा भने सांसदहरूको शपथपछि छलफल गर्ने सहमति भएको गुरुङले बताए।

‘निर्वाचन आयोगले राष्ट्रपति कार्यालयलाई निर्वाचन प्रतिवेदन बुझाउनै बाँकी छ। निर्वाचितहरूको शपथ पनि हुनै बाँकी छ। पहिले केपी ओलीले गरेको गल्तीजस्तै अहिले गठबन्धनले सांसदहरूको शपथ नै ग्रहण नभई प्रधानमन्त्रीबारे निर्णय नगर्ने शीर्ष नेताहरूको मत छ,’ उनले भने।

उनका अनुसार मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित चार दलका शीर्ष नेताहरू सहभागी थिए ।

चुनावमा गठबन्धन गरेको दल लोसपाका नेता भने बैठकमा सहभागी थिएनन् । निर्वाचन सम्पन्न भएपछि सत्ता गठबन्धन दलहरूको यो पहिलो बैठक हो ।

प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतपरिणाम आइसक्दा पनि अब नयाँ सरकार कसले बनाउँदैछ भन्ने बारेमा चौतर्फी चाँसो बढेका बेला यो बैठकलाई महत्वका साथ् हेरिएको थियो । समानुपातिकतर्फको मतपरिणाम भने निर्वाचन आयोगले घोषणा गरिसकेको छैन।

समानुपातिकतर्फको मतपरिणाम आउँदा पनि सरकार बनाउन प्रतिनिधि सभामा कुनै एक दलको बहुमत पाउने देखिँदैन। त्यसकारण दुई वा दुईभन्दा बढी दल मिलेर मिलिजुली सरकार बनाउनुपर्ने बाध्यतामा दलहरू छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal