आज :

शिक्षालाई निःशुल्क र अनिवार्य बनाईनु पर्नेमा जोड

  • पदम श्रेष्ठ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव तथा सासद प्रेम सुवालले नवनिर्बाचित ससदमा आफ्नो र आफनो पार्टीको भुमिका संविधानमा उल्लेखित निःशुल्क शिक्षा , स्वास्थ्य र रोजगारिताको ग्यारण्टी कार्यान्वयन हुने बताउनुभएको छ ।
भक्तपुर ताथली गाउँमा अवस्थित देवी माविको ५४ बार्षिकोत्सब तथा सम्मान समारोहलाई सम्बोधन गर्दै नेता सुवालले भन्नुभयो , दश वर्ष अगाडि १३ लाख विद्यार्थीले पढन थालेको मा दश वर्ष पछि एस.ई.ई दिदा ५ लाख जनाले मात्र दिए । बाकी विद्यार्थीको जिम्मा शिक्षा मन्त्रीले लिनु पर्ने कि नपर्ने प्रश्न गर्नु भएको थियो । उहाँले संविधानमा उल्लेख भएको निःशुल्क स्वास्थ्य उपचारको जिम्मा स्वास्थ्य मन्त्रीले र कृषि मन्त्रीले समयमा कृषकलाई मल विउको व्यबस्था गर्न सक्दैन भने राजिनामा देउ भनि जनआवाज उठाउन आव्हान गर्नु भयो । ७७ वटै जिल्लाका मन्त्री , सचिवदेखि कर्मचारी , देश बिदेशमा कमाएको पैसाले राजधानीमा नै घरबार जोड्ने गर्नाले काठमाडौंबासीको कृषि भुमि नाश हुदै गईरहेकोले ल्पटिङग बन्द गरी जो जुन प क्षेत्रका बासीन्दा हुन उसलाई सोहि ठाउँमा मात्र घरबार किन्न पाउने ब्यवस्था लागु गर्न आफनो पार्टीको जोडदार माग रहने स्पष्ट पार्नु भयो ।
देवी मा.वि.का प्रधानाध्यापक राजाराम छुँकाले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै दुई करोड ४७ लाखको आयव्यय पैस्तु गर्नु भएको सो सभामा आगामी आ.व.को लागि दुई करोड ८० लाखरुपियाको अनुमानित वजेट प्रस्तुत गर्नु भएको थियो । चाँगु नारायण नगरपालिकाका मेयर जिवन खत्रीले विधिको शासन कार्यान्वयनको लागि नवनिर्बाचित नेतृत्वहरु संग मिलेर अगाडि बढ्ने बताउनु भएको सो सभामा पुख्र्यौली जमिन नवेचौ अभियानका अभियन्ता प्रमराज वासुकलाले आफ्ना आमा बुबा र मामा सहित २९ जनाको नाउँमा छात्रबृिित्त घोषाणा गर्नु भएको थियो ।
समाजसेवी प्रेमराज बासुकलाले आफना पिता गोपिलाल बासुकला ,माता सानुमायाँ बासुकला र मामा शेरबहादुर लावाजुको नाउँमा जनही ५१ ह्जार रुपियाँको छात्रबृति कोषको घोषणा गर्नुभयो भने उहाँको जिवनमा प्रभाव पार्नु हुने ब्यक्तित्वहरु मओत्सेतुङ , महात्मा गान्धी , जोन एफ केनेडि , नेपाल एकिकरणका संवाहक राजा पृथ्वीनारयण शाह देखि नेपालको छिमेकी देश संग सिमाना ल्कियर गर्नु हुने जङगबहादुर राणा , जोताहालाई मोहियानी हक दिलाउने राजा महेन्द्र , शान्ती क्षेत्रको प्रस्ताव ल्याउनुहुने राजा विरेन्द्रसम्मको नाउँमा जनही ११ हजार रुपियाँको कोष घोषणा गर्नु भयो भने चार शहिद धर्मभक्त माथेमा ,गंगालाल श्रेष्ठ ,शुक्रराज शास्त्री ,दशरथ चन्द देखि नेपालमा ३ कक्षा सम्म निःशुल्क गर्नु हुने शिक्षा मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका नाउँमा ११ ,११ ह्जार रुपियाँको कोष घोषणा गर्नुभएको थियो भने लोक आख्यानकार वासु पासाः ,सन्तनेता कृष्ण प्रसाद भटटराई , स्कुल स्थापनार्थ कार्य गर्दागर्दै माटोले पुरिएर देहान्त हुनुभएका कृष्ण बासुकला, संघर्ष बासुकला ,महन्त नारायण बासुकला ,पुर्णलाल बासुकला ,आफुलाई सर्वप्रथम हात समातेर पढाउनुहुने शिक्षक कृष्णलाल खर्शनधारी ,सर्वप्रथम जुत्ता सिलाएर लगाई दिनुहुने जुरेली सार्की र लुगा सिलाएर जिउढाक्न दिनुहुने कान्छा दमाईको नाउँमा पनि ११ ,११ ह्जार रुपियाँ को कोष घोषणा गर्नुभएको थियो । समाजसेवी प्रेमराज बासुकलाद्धारा यस अघिनै घोषित बाजे गोपिसिंह बासुकला ,वज्यै सेतिमायाँ बासुकला र दाजु जयराम बासुकलाको नाउँमा स्थापित ५० ,५० हजार रुपियाको छात्रबृती बितरण गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal