आज :

फिफा विश्व कपः फ्रान्स र इङ्ल्यान्ड क्वाटरफाइनलमाम 

  • अनलाइन डबली

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्स र इङ्ल्याण्ड क्वाटर फाइनलमा पुगेका छन् । कतारको अल थुमामा स्टेडियममा भएको खेलमा पोल्यान्डलाई हराउँदै फ्रान्स विश्व कप फुटबलको क्वाटर फाइनल पुगेको हो । फ्रान्सले पोल्यान्डविरुद्ध तीन-एक गोल गरेको थियो ।

पहिलो हाफमा १-० गोलको अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्यो । फ्रान्सका ओलिभर जिरुडले ४४ औँ तथा केलियन एमबाप्पेले ७४ औँ र ९१ औँ मिनेटमा गोल गरे । पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गरे ।

फ्रान्सका जिरुडले एक गोल गर्दै देशका लागि सर्वाधिक गाेलकर्ता बनेका छन् । जिरुडले गोल सङ्ख्या ५२ पुर्याएका छन् । उनले लिजेन्ड थिएरी हेनरीकाे कीर्तिमानलाई ताेडेका हुन् । हेनरीको गोल सङ्ख्या ५१ छ ।

यो खेलमा दुई गोल गर्दै २३ वर्षीय एमबाप्पेले विश्व कपमा गोल सङ्ख्या नौ पुर्याएका छन् । यो विश्व कपमा उनको यो पाँचौँ गोल हो । एम्बाप्पे २३ वर्षको उमेरमा विश्व कपमा ९ गोल पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन्।

त्यस्तै गएराति भएको खेलमा सेनेगललाई हराउँदै इङ्ल्यान्ड फिफा विश्व कप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बयात स्टेडियममा गए राति सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड क्वाटर फाइनलमा पुगेको हो ।

इङ्ल्यान्डका लागि जोर्डन हेन्डर्सन, ह्यारी केन र बुकायो साकाले एक/एक गोल गरे । खेलको ३८औँ मिनेटमा जोर्डन हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औँ मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ल्यान्डलाई तीन गोलको अग्रता दिलाए । अब अब इङ्ल्यान्डले अन्तिम आठमा फ्रान्ससँग खेल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal