आज :

महाकाली वारिपारि नेपाली-भारतीयबीच ढुंगा हानाहान, डिएसपीको कमान्डमा टोली परिचालन

  • अनलाइन डबली

दार्चुला । दार्चुलाको भारत- नेपाल जोड्ने सीमामा दुई पक्षबीच ढुंगा हानाहान भएको छ।

आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले जानकारी दिए।

महाकाली पारि भारतीय पक्षले तटबन्‍धन बनाउन ग्याबिन वालहरू लगाइरहेको छ। त्यसक्रममा कामदारले सुरूमा ढुंगा हानेपछि यताबाट पनि हानेर पठाएको इन्स्पेक्टर शाहीले बताए।

उक्त घटनापछि जिल्लाबाट डिएसपीको कमान्डमा टोली खटिएको छ। त्यस्‍तै अहिले दुई पक्षबीच वार्ता भइरहेको छ।

भारतबाट सरकारी अधिकारी र नेपालबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छलफल भएको छ। नेपाली पक्ष भारत पुगेर छलफल गरी फर्किएको हो।

ढुंगाले लागेर आधिकारिक रूपमा कोही घाइते भएको जानकारी नआएको इन्स्पेक्टर शाहीले बताए।

ढुंगा हानाहान भएपछि एक घण्टा सीमा बन्द भएर अहिले खुलेको उनले बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal