आज :

स्याङजाको चापाकोट–३ केन्द्रमा देखियो अस्वभाविक मतपरिणाम, सबै तरंगित

  • अनलाइन डबली

पोखरा । स्याङ्जा क्षेत्र नम्बर २ को अन्तिम निर्वाचन परिणाम आएसँगै नेपाली कांग्रेसका उम्मेदवार रहेका उपसभापति धनराज गुरुङ विजयी भइसकेका छन् ।

तर मतगणनाका क्रममा बुथ क्याप्चर भएको भनिएको चापाकोट नगरपालिका वडा नम्बर ३ मा स्थानीय तहमा खसेको मतभन्दा अस्वभाविक ढंगले मतदान भएको पाइएको छ । साथै कांग्रेस र एमालेका दुवै उम्मेदवारले प्रतिनिधिसभा र प्रदेश सभामा बराबरी मत पाएको पाइएको छ ।

यो मतदान केन्द्रमा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार धनराज गुरुङको १४२३ मत आएको छ भने प्रदेश सभा उम्मेदवार कांग्रेसका महेश भट्टराईको पनि १४२३ मत आएको छ ।

यस्तै प्रतिनिधिसभा तर्फ एमाले उम्मेदवार पद्मा अर्यालको १०३ मत आएको छ भने एमाले प्रदेश तर्फका उम्मेदवार बुद्धिमान श्रेष्ठको पनि १०३ मत आएको छ ।

चापाकोट नगरपालिका वडा नम्बर ३ दिसिङकोट आधारभूत विद्यालय कमेरे मतदान केन्द्रमा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा खसेको मतको तुलना गर्दा अस्वाभाविक मत खसेको देखिएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा वडा अध्यक्षले ल्याएको मत हेर्दा यो मतदान केन्द्रमा कूल मतदाता संख्या १,६०८ रहेका थिए । त्यतिबेला कांग्रेसले ९०२, एमालेले १४० मत अर्थात् ६४ दशमलव ८५ मत खसेको थियो ।

हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यो मतदान केन्द्रमा कुल मतदाता १,६४१ रहेकोमा कांग्रेसले १,४२३ मत, एमालेले १०३ पाएको गरी जम्मा १,५२६ मत अर्थात् मतदाता संख्याको ९२ दशमलव ९९ प्रतिशत मत सदर भएको पाइएको छ ।

एमालेले यसलाई बुथ क्याप्चर भएको बताउँदै आएको छ भने निर्वाचन आयोगलाई पुनः मतदान गराउन आग्रह गर्दै निवेदन समेत दिएको थियो ।

आयोगले पुनः मतदानको निर्णय नगरी मतगणना गर्न निर्देशन दिएपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना थालेको थियो ।

अन्तिम परिणाम आउँदा कांग्रेस उपसभापति धनराज गुरुङ ५ हजार ६२७ मतान्तरसहित ३१ हजार ४६६ मत पाएर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी उम्मेदवार अर्यालले २५ हजार ८३९ मत पाएकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal