
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्ववाटरफाइनलको लागि दुईवटा खेल हुँदैछन् । आजको सेमिफाइनल खेलमा पोल्यान्ड र फ्रान्स भिड्दैछन् । अल थुमाम स्टेडियममा हुने पोल्यान्ड र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै फ्रान्स क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता विजेता फ्रान्स आजको खेलमा जित निकाल्दै यो संस्करणको उपाधिमा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ । यता पोल्यान्ड पनि आजको खेलमा सजह जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा छ ।
आज नै हुने विश्वकपको दोस्रो खेलमा इङ्ल्यान्डले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । इङ्ल्यान्ड आजको खेमला जित निकाल्दै आफूलाई उपाधि दावेदारको स्थानमा राख्ने योजनामा छ । यता सेनेगल पनि सोही योजनामा हुनेछ ।