आज :

बाजुरामा एमालेका थापा ४ हजार मतले पछि परे, प्रदेशमा गबन्धनका बागी शाही विजयी

  • अनलाइन डबली

काठमाडौं । मत गणना अन्तिम चरणमा पुग्दा बाजुरामा गठबन्धनका उम्मेदवार बद्री पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । आइतबार विहानसम्म आउँदा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै छ ।

पाण्डेले २६ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले २​३ हजार २०८ मत प्राप्त गरेका छन् । थापा ३ हजार ७७८ मतान्तरले पछि परेका छन् ।

प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले निर्वाचित भएका छन् भने प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीको अग्रता छ । शाही गठबन्धन उम्मेदवारका विरुद्ध बागी हुन् । गठबन्धनबाट माओवादीले सो क्षेत्र पाए पनि नेकपा एकीकृत समाजवादीले शाहीलाई उम्मेदवार उठाएको थियो ।

शाहीले १७ हजार ९२७ मत पाएर विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले १५ हजार १७२ मत पाएका छन् । बाजुरामा बुधबार बेलुकी ६ः ३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal