आज :

मेस्सी फेरि चम्किए ! अर्जेन्टिन विश्व कपको क्वाटरफाइनलमा प्रवेश

  • अनलाइन डबली

काठमाडौं । कतारमा जारी विश्व कप फुटवलमा अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राती भएको प्रिक्वाटरफाइनल खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलले हराएको थियो । अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र जुलियान अल्भारेजले गोल गरे।

खेलको ३५ औँ मिनेटमा मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल गरे। जारी विश्वकपमा मेस्सीको यो तेस्रो गोल हो। उनले क्लब र राष्ट्रिय टोलीका लागि गरि एक हजारौँ खेलमा गोल गरेका हुन्। अल्भारेजले ५७ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए।

७७ औँ मिनेटमा अस्ट्रेलियाले एक गोल फर्काएको थियो। अस्ट्रेलियन खेलाडीले प्रहार गरेको बल अर्जेन्टिनाका इन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोल भएको थियो। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने छ।

यो गोलसँगै जारी विश्वकपका सुरुका दुई खेलमा एक एक गोल गरेका मेस्सीको विश्वकप गोल संख्या ९ पुगेको छ। उनले डीएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीलाई पछाडि पारेका छन्।

विश्वकपको यो खेलसँगै लियोनल मेस्सीले आफ्नो करिअरमा आधिकारिक १ हजार खेल पूरा गरेका छन् । मेस्सीको यो करिअरको ७८९औं गोलसमेत हो ।

लगातार पाँचौं संस्करण फिफा विश्वकप खेलेका मेस्सीले विश्वकपमा गोलसंख्या ९ पुर्याएका छन् । जारी विश्वकपमा उनको यो तेस्रो गोल हो । मेस्सीले विश्वकपको नकआउट चरणमा गोल गरेको यो पहिलोपल्ट समेत हो ।

मेस्सीकै गोलका कारण दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपमा उपाधिको लागि संघर्ष गरिरहेको छ । ३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । टिमलाई अर्को चरणमा पुर्याउनका लागि मेस्सीले आवश्यक समयमा शानदार प्रदर्शन गरे । अब आगामी शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल खेलका लागि तयारी गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal